काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका–२ वडा कार्यसमितिको सभापतिमा किरण पोखरेल सर्वसम्मत चयन भएका छन् ।
वडाको १५औँ अधिवेशनबाट पोखरेलको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । अधिवेशनले उपसभापतिमा कपील सिग्देल र सीमा बोहरालाई चयन गरेको छ । त्यस्तै, सचिवमा बाबुराजा शर्मा तथा सह–सचिवमा प्रज्वल भुर्तेल सर्वसम्मत चयन भएका छन् । वडा कार्यसमितिका सदस्यहरूमा केशव तामाङ, सन्तोष भुर्तेल, दीपक ढकाल, पूजा दुलाल, रमिला बस्नेत केसी, प्रेमबहादुर तामाङ, सुमन परियार र बविन कुँवर चयन भएका छन् ।
नवनिर्वाचित सभापति पोखरेलले संगठनलाई थप सुदृढ गर्दै वडा तहमा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?