चन्द्रागिरिका विभिन्न स्थानमा आज तीन घण्टा विद्युत् सेवा बन्द हुने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले थानकोट फिडरअन्तर्गतका विभिन्न क्षेत्रमा आज दिउँसो तीन घण्टा विद्युत् सेवा बन्द गर्ने भएको छ ।
प्राधिकरणले बलम्बु सब–डिस्ट्रिब्युसन सेन्टरअन्तर्गतको थानकोट फिडरमा मर्मत तथा सुधारको काम गर्न दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत् आपूर्ति बन्द गर्न लागेको हो ।
प्राधिकरणले धुंगेअड्डामा सवारीसाधनको ठक्करबाट दुईवटा एचटी पोलमा क्षति पुगेको र ती पोलको उचाइ बढाउने कामका लागि फिडर बन्द गर्न लागिएको जनाएको छ ।
विद्युत् सेवा अवरुद्ध हुने क्षेत्रहरूमा धुंगेअड्डा, भट्टराई प्लटिङ, बालकुमारी, सानो मन्दिर, यातायात, राधाकृष्ण टोल, हाईभिजन, आयल निगम, पशुविकास, सिर्जना चोक, श्रीकृष्ण माध्यमिक विद्यालय, चुनदेवी, दहचोक र खहरेलगायत रहेका छन् ।
मर्मत तथा सुधारको काम निर्धारित समयभन्दा अगाडि नै सकिए विद्युत् आपूर्ति पनि सोहीअनुसार चाँडै संचालनमा ल्याइने पनि प्राधिकरणले जनाएको छ । कामका क्रममा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?