संविधान दिवसको अवसरमा चन्द्रागिरिमा एमालेद्वारा दीपावली कार्यक्रम आयोजना
काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले आज दीपावली कार्यक्रम आयोजना गर्ने भएको छ । संविधान दिवसका अवसरमा स्थानीयवासीको सहभागितामा दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतले जानकारी दिनुभएको छ ।
नेपालको संविधान २०७२ साल असोज ३ गते जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै आएको छ । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था तथा नागरिकका मौलिक हकसहित राज्य सञ्चालनका विभिन्न संवैधानिक आधारहरू निर्धारण गरेको छ ।
यसै सन्दर्भमा नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले २०८३ साल असोज ३ गते शनिबार (आज) साँझ ५ बजे दीपावली कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ । कार्यक्रम चन्द्रागिरि नगरपालिका वडा नं. १३ को कार्यालय अगाडिको चौतारीमा हुने अध्यक्ष राउतले जानकारी दिनुभयो ।
संविधान दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउँदै संविधानको महत्व र यसको कार्यान्वयनप्रति नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको राउतका भनाइ छ ।
नगर कमिटीले कार्यक्रममा सम्पूर्ण वडावासी तथा नगरवासीलाई उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?