बागमती प्रदेशका नवनियुक्त मन्त्री रमा आलेमगरद्वारा पद तथा गोपनीयताको शपथ
काठमाडौं । बागमती प्रदेशका नवनियुक्त कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री रमा आलेमगरले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । बागमती प्रदेश सभामा आयोजित समारोहमा प्रदेश प्रमुख दिपक प्रकाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
चन्द्रागिर नगरपालिका वडा नं. ३ माटिखेलकी आलेमगर काठमाडौं निर्वाचन क्षेत्र नं. १० (ख) बाट दुई पटक बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले यसअघि शालिकराम जमरकट्टेलको नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्रीको रूपमा काम गरिसक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?