काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं नजिकिएसँगै चङ्गा, लट्टाइँ र धागो किन्नेको भिड लागेको छ ।
दशैंको फुर्सदमा चङ्गा उडाउने पुरानो नेपाली परम्परालाई पछ्याउँदै बालबालिका आफूलाई मनपर्ने रङ र आकारका चङ्गा रोज्न बजार पुग्न थालेका छन् । चङ्गासँगै लट्टाइँ र धागोको खरिदसमेत बढेको व्यवसायीहरू बताउँछन् ।
दशैंको आगमनसँगै रङ्गीचङ्गी चङ्गाले आकाश भरिन थालेपछि ठूला देखि सानासम्ममा छुट्टै उत्साह देखिन थालेको छ ।
दशैंको अवसरमा चङ्गा उडाउने र एकअर्काको चङ्गा चेट गर्ने प्रतियोगिताले पनि दशैंको सांस्कृतिक रौनकलाई थप जीवन्त बनाउने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?