काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको चन्द्रागिरि नगर समितिको नगर अधिवेशन आज हुने भएको छ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चन्द्रागिरि नगर अधिवेशन चन्द्रागिरि पार्टी प्यालेस, सतुंगलमा दिउँसो ३ बजे आयोजना हुने नगर समितिले जनाएको छ ।
अधिवेशनमा नगरस्तरीय संगठन सुदृढीकरण, नेतृत्व चयन तथा पार्टीको आगामी कार्यदिशालगायत विषयमा छलफल हुने बताइएको छ । देउवा समूहले कांग्रेसले १५औँ महाधिवेशनलाई ‘अग्रजको अनुभव, युवाको ऊर्जा’ भन्ने नारासहित अघि बढाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?