काठमाडौं । नेकपा (एमाले) ले आउँदो मंसिर २६ गते वडा अधिवेशन गर्ने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी पुष ४ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको हो ।
मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने निर्णय समेत गरिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । त्यसमा पार्टीका प्रदेश र जिल्लाका पदाधिकारी तथा संघ, प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुने उनले बताए ।
नगर र वडा अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय गरिएको छ । १३ जिल्लामा खाली रहेका अध्यक्ष पदमा स्थानीय कमिटीलाई नै निर्णय गरी केन्द्रमा नाम पठाउन भनिएको छ ।
स्थायी कमिटीको बैठक भोलि (शुक्रबार) दिउँसो १ बजे पुनः बस्ने भट्टले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?