समृद्ध नेपाल निर्माणमा साझा राष्ट्रिय संकल्प आवश्यक : राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नभइ राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय सङ्कल्पबाट सम्भव हुने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग आज भएको भेटमा राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने अपेक्षा व्यक्त समेत व्यक्त गरेका छन् ।
नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले गर्दैआएको योगदानको प्रशंसा गर्र्दै राष्ट्रपति पौडेलले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबिचको सहकार्य अपरिहार्य रहेको पनि बताएका छन् ।
सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्नेमा राष्ट्रपति पौडेलको जोड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?