काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भनिएको मतदान आज नहुने भएको छ ।
मतपत्र छाप्न ढिलाइका साथै आवश्यक प्राविधिक तयारी पूरा नभएकाले मतदान हुन नसक्ने भएको निर्वाचन समितिले जानकारी दिएको छ । बिहिाबर बिहान १० बजेका लागि तय गरिएको मतदान पटक पटक सारेर दिउँसो साढे २ बजेसम्मलाई सारिएको थियो । त्यसपछि पनि मतदान हुन नसकेपछि केन्द्रीय निर्वाचन समितिले पनि अर्को समय सार्वजनिक गरेन ।
निर्वाचन समितिका अनुसार भोलि बिहान ७ बजे मतदान सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?