काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातिको कवाडी गोदाममा आगलागी भएको छ । आज बिहान जगाति डोलेश्वर जाने बाटोमा रहेको बिके सप्लार्यस (कवाडी कारखाना) मा आगलागी भएको हो ।
बिके सप्लार्यसका सञ्चालक दिनेश भट्टले सोमबार बिहान ६ बजे बिद्युतीय सर्ट भई आगलागी भएको जानकारी दिएका छन् । आगलागीबाट वरपरको घरमा समेत क्षति पुगेको छ ।
जुध्द वरूण यन्त्रद्वारा आगो नियन्त्रण लिएइको थियो । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?