काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनमा प्रतितोला ९ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार दुई सय र चाँदी प्रतितोला तीन हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार तीन सय र चाँदी प्रतितोला तीन हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?