काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला नौ सय र चाँदी २० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १०० र चाँदीको मूल्य चार हजार ६०० कायम भएको छ ।
महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार र चाँदी प्रतितोला चार हजार छ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?