नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा बाढीपीडितलाई दुई लाखभन्दा बढी सहयोग
काठमाडौं । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि २ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ ।
चन्द्रागिरि नगरपालिका–७ स्थित हाइभिजन कोलोनीमा रहेको समितिको केन्द्रीय कार्यालयबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । समितिले गरिमा विकास बैंकको चेकमार्फत सिधै राहत कोषमा रकम हस्तान्तरण गरेको जनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न विपद्को समयमा प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले समितिले आर्थिक सहयोगसँगै राहत सामग्री ढुवानीमा समेत सहकार्य गर्दै आएको छ ।
समितिले रसुवा, धादिङ र नुवाकोटका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकका लागि गत भदौ १२ गतेदेखि निःशुल्क राहत ढुवानीको व्यवस्था समेत गरिएको छ ।
प्राकृतिक विपत्तिमा परेका नागरिकसम्म राहत सामग्री सहज रूपमा पुर्याउन यातायात क्षेत्रबाट सहयोग गर्ने उद्देश्यले निःशुल्क ढुवानीको व्यवस्था गरिएको समितिका अध्यक्ष अमर श्रेष्ठले जानकारी दिनुभयो ।
आर्थिक सहयोग र राहत ढुवानीमार्फत विपद्बबाट प्रभावित परिवारलाई तत्कालीन अवस्थामा केही राहत पुग्ने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?