नेपाली कांग्रेस धुनिवेशी नगरपालिकाको सभापतिमा ४ जनाको प्रतिष्पर्धा
काठमाडौं । नेपाली कांग्रेस धुनिवेशी नगरपालिकाको नगरसभापतिमा चार जना आकांक्षी देखिएका छन् ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार (भोलि) हुने नगर अधिवेशनका लागि चार जनाले सभापतिमा आकांक्षा व्यक्त गरेका हुन् । नगर सभापतिको दौडमा माधव प्रसाद सिलवाल, सुरज उप्रेती, प्रकाश हमाल र रन्जित पाठक उभिएका छन् ।
धुनिवेशी नगर सभापतिमा अहिले सिलवाल चर्चामा छन् । उनी संगठनभित्रको सम्बन्ध, वडा प्रतिनिधिसँगको पहुँच र आफ्नो पक्षमा प्रतिनिधि जुटाउने क्षमताले अन्तिम समीकरण प्रभाव पार्न सक्ने धुनिवेशीका कांग्रेस कार्यकर्ताबीच चर्चा छ ।
नेपाली कांग्रेस धुनिवेशी नगर कार्यसमितिको १५औँ नगर अधिवेशन असोज ७ गते (भोलि) हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?