काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा हिजो बस आगलागीमा परी गम्भीर घाइेत भएका बसका चालकको उपचारको क्रममा मृत्यु भएको छ । कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जानकारी दिएको छ ।
अस्पतालका अनुसार बसका चालकको शरीरका ९० प्रतिशत भाग जलेको थियो । गम्भीर अवस्थामा रहेका चालकलाई सोमबार दिउँसो कीर्तिपुर अस्पताल पुर्याईएको थियो ।
सोमबार दिउँसा त्रिपुरेश्वरस्थित बस स्ट्याण्डमा रिद्धसिद्धि यातायातको बा.५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । ट्राफिक प्रहरीसँग विवाद भएपछि चालक आफैंले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटनाको सत्यतथ्य छानविनका लागि समिति गठन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?