काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७ सय ७७ रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्मको विवरण अनुसार विभिन्न नौ वटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५ सय १६ जम्मा भएको छ ।
त्यस्तै, कोषका अन्य दुई वटा बैंकमा रहेको डलर खातामा २ करोड ३७ लाख ६ हजार ५ सय ७५ अमेरिकी डलर जम्मा भएको छ ।
राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडितलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत एक अर्ब निकासा गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?