काठमाडौं । एक दशकभन्दा बढी समयदेखि इराकमा रहेको अमेरिकी नेतृत्वको गठबन्धन सेना अन्ततः फिर्ता भएको छ । सन् २०१४ मा इस्लामिक स्टेटविरुद्ध सुरु भएको सैन्य अभियानको अन्त्यसँगै इराकले आफ्नो सुरक्षा व्यवस्थाको जिम्मेवारी आफैं सम्हाल्ने नयाँ चरणमा प्रवेश गरेको छ ।
इराकी सरकारले अमेरिकी सेना फिर्तीलाई राष्ट्रिय सम्प्रभुताको महत्वपूर्ण चरणका रूपमा लिएको छ । तर विदेशी सेना हट्दैमा सुरक्षा चुनौती समाप्त भने भएको छैन । इरानसमर्थित सशस्त्र समूहलाई राज्यको नियन्त्रणमा ल्याउने र इस्लामिक स्टेटका बाँकी संरचनामाथि निगरानी कायम राख्ने चुनौती इराकसामु कायमै छ ।
यससँगै अमेरिकी नेतृत्वको गठबन्धनसँगको सैन्य सम्बन्ध अब द्विपक्षीय सुरक्षा सहकार्यतर्फ जाने भएको छ । त्यसैले इराकका लागि यो केवल विदेशी सेना फिर्ती होइन, आफ्नो सुरक्षा, राजनीतिक स्थिरता र सम्प्रभुताको जिम्मेवारी आफैंले प्रमाणित गर्नुपर्ने नयाँ चुनौति पनि थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?