काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत हुने सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक टी–२० मान्यता प्राप्त गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका सम्पूर्ण खेललाई ‘लिस्ट ए टी–२०’ को मान्यता दिइने भएको हो ।
कात्तिक ९ गतेदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेटको आधिकारिक अभिलेखमा स्थान पाउने भएपछि खेलाडीको व्यक्तिगत प्रदर्शनसमेत महत्त्वपूर्ण हुने भएको छ । यस मान्यतासँगै एनपिएलमा खेलाडीले बनाएका रन, लिएका विकेट तथा अन्य प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछन् ।
क्यानका सचिव पारस खड्काले प्रतियोगिताले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । उहाँले यसले नेपालको क्रिकेट विकास, खेलको व्यावसायिकता र अन्तर्राष्ट्रिय स्तरमा नेपाली क्रिकेटको पहिचान विस्तार गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । एनपिएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म संचालन हुने तालिका छ । प्रतियोगितामा यसपटक पनि आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?