एनपिएलमा आज दुई खेल, विराटनगर–चितवन र जनकपुर–कर्णाली भिड्दै
काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोज आमनेसामने हुनेछन् भने दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा आफ्नो दाबेदारी बलियो बनाउने लक्ष्यसहित चारै टोली मैदानमा उत्रनेछन् । नेपाल क्रिकेट संघ (क्यान)ले विराटनगर र चितवनबीचको पहिलो खेल मध्याह्न साढे १२ बजे सुरु हुनेछ ।
यस्तै, जनकपुर र कर्णालीबीचको दोस्रो खेल अपराह्न ५ बजे खेलाइने छ । दुबै खेलले टोलीहरूको प्रतिस्पर्धात्मक अवस्था र उपाधि यात्रालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?