काठमाडौं । नेपाली किक बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ जापानमा आयोजना हुने ‘हिट किक बक्सिङ–५९’ अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् ।
जापानको करिया सहरमा भदौ २० गते हुने प्रतियोगिताअन्तर्गत अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन (इस्का) को मुख्य इभेन्टमा घिमिरेले फ्रान्सका माथन स्वीनार्डसँग प्रतिस्पर्धा गर्नेछन् ।
घिमिरेले यसअघि हिट किक बक्सिङमा चारपटक टाइटल डिफेन्स गरिसकेका छन् । उनले हिट किक बक्सिङ टाइटल म्याच, अन्तर्राष्ट्रिय किक बक्सिङ एसोसिएसन टाइटल तथा केवान क्रस १७५ र १८२ का टाइटल म्याचमा सफलता हासिल गरिसकेको विवरण छ ।
२८ भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका घिमिरेले २० प्रतियोगितामा जित हात पारेका छन् । अन्तर्राष्ट्रिय किक बक्सिङमा निरन्तर प्रतिस्पर्धा गर्दै आएका घिमिरेले नेपाललाई प्रतिनिधित्व गर्दै आफ्नो पहिचान स्थापित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?