काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन तीव्र तयारी गर्दैछ ।
कात्तिक ९ देखि मंसिर ५ गतेसम्म सञ्चालन हुने एनपीएलका लागि मैदानको आउटफिल्ड, मर्मत गरिएको पिच, नयाँ स्कोरकार्ड बोर्ड तथा आधुनिक प्यारापिटलगायतका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
यसपटक खेललाई थप निष्पक्ष र पारदर्शी बनाउन डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधि प्रयोगको तयारीसमेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?