२०औँ एसियाडमा जापान जान लागेका उसु खेलाडी संजीव महर्जनलाई बिदाइ
काठमाडौं । जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड)मा नेपालको प्रतिनिधित्व गर्न जाने अन्तर्राष्ट्रिय उसु खेलाडी संजीव महर्जनलाई चन्द्रागिरि नगरपालिकाले बिदाइ गरेको छ ।
कार्यक्रममा नगर प्रमुख घनश्याम गिरीले महर्जनलाई खादा तथा शुभकामनासहित बिदाइ गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । नेपालका लागि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्दै आएका महर्जनले एसियाडमा समेत उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख गिरीले उनको सहभागिता चन्द्रागिरि नगरपालिकाका साथै समग्र नेपाली खेल क्षेत्रका लागि गौरवको विषय भएको पनि बताउनुभयो ।
कार्यक्रममा चन्द्रागिरि–१२ का वडा अध्यक्ष न्हुच्छेबहादुर महर्जन, चन्द्रागिरि–५ का वडा अध्यक्ष राजेन्द्र महर्जन तथा पूर्व प्रशिक्षक सञ्जय महर्जनको उपस्थिति थियो । उहाँहरुले महर्जनलाई सफलताको शुभकामना दिनुभएको थियो ।
उसु खेलमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेका महर्जनले एसियाडमा आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्ने लक्ष्य राखेका छन् । उनलाई प्रतियोगितामा सफलता हासिल गर्दै नेपाल र चन्द्रागिरिको नाम अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा थप उचाइमा पु¥याउन शुभकामना दिइएको छ ।
महर्जनको एसियाड सहभागिताले चन्द्रागिरि क्षेत्रमा खेलकुदप्रतिको उत्साह बढाउनुका साथै नयाँ पुस्ताका खेलाडीलाई समेत प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?