सदनमा भाषा र मर्यादामाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्री र सांसदसहितको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मन्त्रीसहित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरूको बैठक बोलाएका छन् ।
रास्वपाका केही सांसदको भाषा र मर्यादामाथि प्रश्न उठेपछि सभापति लामिछानेले बुधबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा संसद् र समितिमा प्रयोग भएको भाषा र गतिविधिलाई लिएर प्रश्न उठेका सांसदहरूलाई निर्देशन दिने रास्वपाले जनाएको छ ।
रास्वपाका सांसदहरू नै सरकारविरुद्ध बोल्न थालेपछि सभापति लामिछानेले मन्त्रीलाई समेत बैठकमा बोलाएका हुन् । किन आफ्नै पार्टीका सांसदहरूले सरकारको आलोचना गरिरहका छन् भन्ने बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?