कांग्रेस क्षेत्र नं. १० (ख) द्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. १० (ख) प्रदेशसभा क्षेत्रीय कार्यसमितिले शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गरेको छ ।
पर्वहरूको अवसर पारेर आयोजित कार्यक्रममा आपसी सद्भाव, एकता र सामाजिक सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यसहित शुभकामना आदानप्रदान गरिएको हो । कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले चाडपर्वले समाजमा आपसी मेलमिलाप, भाइचारा र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा क्षेत्रीय कार्यसमितिमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सम्मानसमेत गरिएको थियो । उनीहरूलाई जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै पार्टी संगठनलाई थप सुदृढ र सक्रिय बनाउन योगदान पुर्याउन शुभकामना व्यक्त गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?