नेपाली कांग्रेस काठमाडौं–१० ‘ख’ कार्यसमिति र वडा सभापतिहरूबीच छलफल
काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. १० प्रदेश ‘ख’ कार्यसमिति तथा क्षेत्रअन्तर्गतका १० वटै वडाका सभापतिहरूबीच छलफल भएको छ ।
भेटघाटका क्रममा पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउनेलगायत विभिन्न समसामयिक विषयमा महत्वपूर्ण छलफल तथा विचार–विमर्श गरिएको हो । पार्टीको संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने र आपसी समन्वय तथा सहकार्यलाई मजबुत बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
त्यसैगरी, आगामी शनिबार १४ गते आयोजना हुन गइरहेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सफल र व्यवस्थित बनाउन आवश्यक तयारीका विषयमा पनि छलफल भएको बताइएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन संगठनका विभिन्न तहबीच समन्वय गर्दै आवश्यक व्यवस्थापकीय तयारी अघि बढाउने विषयमा पनि छलफल भएको छ ।
भेटघाटले पार्टीभित्र आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउँदै संगठन सुदृढीकरणमा सकारात्मक योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?