काठमाडौं । नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आफ्नो ७४औँ स्थापना दिवसको अवसर पारेर काठमाडौंस्थित संकटा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व र सार्वजनिक स्थलको स्वच्छता प्रवद्र्धन गर्ने उद्देश्यले मंगलबार आयोजित कार्यक्रममा मन्दिर परिसर तथा आसपासको क्षेत्र सफा गरिएको हो ।
स्थापना दिवसलाई औपचारिक कार्यक्रम र उत्सवमा मात्र सीमित नराखी समाजप्रति जिम्मेवारी निर्वाह गर्ने अवसरका रूपमा उपयोग गर्दै तरुण दलले सरसफाइ अभियान सञ्चालन गरेको हो । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मन्दिर परिसरलाई सफा, स्वच्छ र व्यवस्थित राख्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?