चन्द्रागिरिमा नयाँ डिजिटल मिडिया cmcpress.com प्रसारणको तयारीमा
काठमाडौं । डिजिटल सञ्चारमाध्यमको तीव्र विकाससँगै चन्द्रागिरि नगरपालिकामा एउटा पृथक, विश्वसनीय र अब्बल डिजिटल मिडिया सञ्चालनको तयारी गरिएको छ । स्थानीय समाचार, सूचना तथा समसामयिक विषयवस्तुलाई प्राथमिकतामा राख्दै चन्द्रागिरि मिडिया सेन्टरद्वारा सञ्चालित cmcpress.com नामक न्यूज पोर्टल शीघ्र औपचारिक प्रसारणमा आउने तयारीमा रहेको छ ।
विज्ञ तथा अनुभवी सञ्चारकर्मीहरूको संलग्नतामा सञ्चालनको तयारी भइरहेको cmcpress.com ले स्थानीय स्तरका गतिविधिदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक विषयसम्मलाई तथ्यपरक, निष्पक्ष र विश्वसनीय ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।
विशेषगरी चन्द्रागिरि नगरपालिका र आसपासका क्षेत्रका सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, सांस्कृतिक तथा विकास निर्माणसम्बन्धी गतिविधिलाई प्राथमिकताका साथ समाचार तथा सामग्रीका रूपमा प्रकाशन गर्ने तयारी गरिएको छ। स्थानीय आवाज, जनचासोका विषय र समुदायका समस्या तथा सम्भावनालाई डिजिटल माध्यमबाट व्यापक रूपमा उजागर गर्ने उद्देश्यसमेत पोर्टलले लिएको छ ।
अनुभवी सञ्चारकर्मी तथा विषयविज्ञहरूको सहकार्यमा सामग्री उत्पादन र सम्पादन गरिने भएकाले cmcpress.com ले गुणस्तरीय पत्रकारिता, तथ्यपरक समाचार सम्प्रेषण र विश्वसनीयतालाई आफ्नो मुख्य आधार बनाउने जनाएको छ ।
प्रविधिको तीव्र विकाससँगै पाठकको समाचार उपभोग गर्ने शैलीमा आएको परिवर्तनलाई आत्मसात् गर्दै आधुनिक प्रविधिमैत्री प्रस्तुति, ताजा समाचार, खोजमूलक सामग्री, विचार तथा विश्लेषणलाई प्राथमिकता दिने तयारी पोर्टलको छ ।
चन्द्रागिरिबाट सुरु भएर देशभरका पाठक दर्शकसम्म पुग्ने लक्ष्यसहित सञ्चालनको तयारीमा रहेको cmcpress.com ले स्थानीय डिजिटल पत्रकारितामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । शीघ्र औपचारिक प्रसारणमा आउने तयारीमा रहेको यस न्यूज पोर्टलले चन्द्रागिरिको पत्रकारिता तथा डिजिटल सञ्चार क्षेत्रमा आफ्नो पृथक पहिचान स्थापित गर्ने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?