काठमाडौं । भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीले त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको जानकारी दिनुभएको हो । शवको पहिचान भने हुन सकेको छैन । बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ ।
उनीहरूलाई विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ । बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?