काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता नागरिकको खोजी तथा शव संकलन कार्यलाई नेपाली सेनाले तीव्र बनाएको छ ।
शव खोजीमा ढिलाई भएको जनगुनासो बढेपछि सेनाले रसुवादेखि चितवनसम्म त्रिशूली र नारायणी नदी किनारमा थप १ हजार २ सय सैनिक परिचालन गरेको हो ।
यसअघि उद्धार, राहत तथा प्रभावितको व्यवस्थापनका लागि १ हजार ६ सय सैनिक खटिएका थिए । थप जनशक्ति परिचालनसँगै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र शव संकलनमा खटिने सैनिकको संख्या २ हजार ८ सय पुगेको छ ।
नदीको तीव्र बहाव र कठिन भौगोलिक अवस्थाबीच पनि सम्भावित क्षेत्रमा टोलीगत रूपमा खोजी तथा शव संकलन भइरहेको नेपाली सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?