काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको संरक्षण र राष्ट्रिय एकतालाई बलियो बनाउन संविधानका पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै ओलीले संविधान र त्यसले स्थापित गरेका उपलब्धिको रक्षाका लागि सबै पक्ष एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले लोकतान्त्रिक, वामपन्थी तथा देशभक्तिपूर्ण आन्दोलनलगायत विभिन्न वर्ग, क्षेत्र र समुदायका आन्दोलनमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संविधान जारी भएपछिका चुनौतीपूर्ण परिस्थिति र अहिलेको कठिन अवस्थाले संविधानको रक्षा र राष्ट्रिय एकताको आवश्यकता अझ स्पष्ट बनाएको उल्लेख गर्नुभयो ।
ओलीले संविधानको संरक्षणसँगै राष्ट्रिय एकतालाई थप सुदृढ गर्दै मुलुकलाई अघि बढाउन संविधानका पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?