काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव र प्रधानमन्त्री वालेन्द्र शाहसहित विशिष्ट व्यक्तित्व सहभागी हुनुभयो ।
समारोहमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ । यस अवसरमा टुँडिखेलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न सांस्कृतिक समूहले मार्चपास, झाँकी र सांस्कृतिक प्रस्तुति गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?