काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकअघि आज भएको सो पार्टीको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीको नाम चयन गरेको हो ।
साथै, केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पनि पारित गरेको छ । पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिने÷नदिने विषयमा आन्तरिक बहस चलेकोमा हाल सर्वम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको छ । एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उहाँको राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीको आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?