कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको शपथ कार्तिक १२ गते
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण कार्यक्रम कार्तिक १२ गते हुने भएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार कार्तिक १२ गते बिहीबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना हुनेछ । कार्यक्रममा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आह्वान गरिएको छ ।
समारोहमा नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुका साथै शपथग्रहण गराइने कार्यतालिका छ ।
गत असोज १६ गतेदेखि काठमाडौंमा भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई सभापति र विश्वप्रकाश शर्मालाई वरिष्ठ उपसभापतिमा चयन गरेको थियो । सभापति थापाले भने यसअघि नै शपथग्रहण गरी पदभार ग्रहण गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?