एजेन्सी । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान सुरू भएको छ ।
युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव भइरहेको हो । सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि भइरहेको यो रुसको पहिलो संसदीय चुनाव हो । निर्वाचन पूर्ण नियन्त्रित भएको अवस्थामा राष्ट्रपति भ्लादिमिर पुटिनको दलको विजय लगभग निश्चित देखिएको बताइएको छ ।
निर्वाचनमा पुटिन र क्रेमलिनको लामो सैन्य अभियानलाई समर्थन गर्ने दलहरू मात्र दर्ता भएका छन् । मस्कोले कब्जा गरेको युक्रेनमा पनि मतदान आयोजना गरेको छ । रुसको तल्लो सदनका ४ सय ५० सिटका लागि नयाँ जनादेश लिन भएको मतदान आइतबारसम्म चल्नेछ ।
नेता पुटिनले सन् १९९९ को नयाँ वर्षको पूर्वसन्ध्यादेखि रुसमा शासन गरिरहेका छन् । उनको युनाइटेड रुसिया पार्टीले सन् २००० को दशकको सुरुदेखि रुसी राजनीतिमा प्रभुत्व जमाएको छ । मस्कोले युक्रेन अभियानको आलोचनामाथि प्रतिबन्ध लगाएको छ र क्रेमलिनद्वारा कडा नियन्त्रित रुसी चुनावले थोरै आश्चर्य ल्याउँछ भन्ने विश्लेषकहरूको बुझाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?