काठमाडौं । नेकपा एमालेले संविधान दिवस रचनात्मक कार्यक्रमसहित मनाउन मातहतका कमिटीहरुलाई निर्देशन दिएको छ ।
पार्टी महासचिव शंकर पोखरेलले बिहीबार प्रदेश, जिल्ला तथा पालिका कमिटीहरुलाई पत्राचार गर्दै असोज तीन गते संविधान दिवसका अवसरमा विगतका वर्षहरुमा जस्तै यसवर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न निर्देशन दिनुभएको हो ।
महासचिव पोखरेलले कार्यत्रलमलाई भव्य, उत्साहपूर्ण र रचनातमक बनाउन सर्कुलर समेत गरेका छन् । संविधानको रक्षाको सन्देश प्रवाह हुने गरी आ–आफ्नो क्षेत्र र स्तरमा प्रभातफेरी, दीप प्रज्ज्वलन, गोष्ठी, सरसफाई जस्ता रचनात्मक कार्यक्रम गर्न महासचिव पोखरेलले आग्रह समेत गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?