काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकलाई नेपाल टेलिकमले दिँदै आएको निःशुल्क भ्वाइस कल, डेटा र एसएमएस सेवा अर्को सूचना नभएसम्म जारी राख्ने भएको छ ।
यसअघि भदौ १४ गतेसम्म उपलब्ध गराइएको यो सुविधाअन्तर्गत सेवाग्राहीले दैनिक २ जीबी डेटा, ५० वटा एसएमएस र निःशुल्क भ्वाइस कल प्रयोग गर्दै आएका थिए । उद्धार, राहत तथा आफन्तसँग सम्पर्क सहज बनाउन सेवा निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।
बाढीबाट टेलिकमका केही पूर्वाधारमा क्षति पुगे पनि अधिकांश संरचना पुनः सञ्चालनमा आइसकेका छन् । बाँकी संरचना मर्मत गरी सेवा पूर्णरूपमा नियमित बनाउन प्राविधिक टोली प्रभावित क्षेत्रमा खटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?