काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकको शीघ्र उद्धार र जनजीवन सहज होस् भन्ने कामनासहित पशुपतिनाथ र गुह्येश्वरीमा विशेष धार्मिक अनुष्ठान गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषले भदौ १६ गते बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म पशुपतिनाथ मन्दिरमा महारुद्री, अभिषेक, हवन तथा क्षमापूजा गर्ने जनाएको छ । सोही अवसरमा गुह्येश्वरी मन्दिरमा चण्डीपाठ तथा विशेष पूजा गरिनेछ ।
पशुपतिनाथमा १२१ जना ब्राह्मण र गुह्येश्वरीमा ९ जना ब्राह्मण सहभागी हुनेछन् । अनुष्ठानमार्फत बाढीपहिरोमा परेकाको सकुशल उद्धार, घाइतेको शीघ्र स्वास्थ्यलाभ र प्रभावितको जनजीवन सामान्य बन्ने कामना गरिनेछ ।
यसैबीच, कोषले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?