काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ सेरिगाउँमा खसेको पहिरो डोजरको सहायताले पन्छाउने काम भइरहेको छ। केही दिनअघि खसेको पहिरोले बस्ती नै जोखिममा परेपछि अवरोध हटाउने र सम्भावित जोखिम न्यूनीकरण गर्ने काम अघि बढाइएको हो।
लगातारको वर्षासँगै पहिरोको जोखिम कायमै रहेकाले स्थानीयवासीलाई सावधानी अपनाउन आग्रह गरिएको छ। सम्बन्धित निकायले पहिरो प्रभावित क्षेत्रको अवस्था निगरानी गर्दै आवश्यक व्यवस्थापनको काम गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?