काठमाडौं । भोटेकोशी र त्रिशूली नदी हुँदै आएको बाढीको बहाव आइतबार बिहान नारायणगढस्थित नारायणी नदीमा पुगेको छ । माथिल्लो क्षेत्रमा तीव्र रहेको बाढी नारायणगढ आइपुग्दा केही घटे पनि नदीको बहाव अझै उच्च छ ।
बाढीले नारायणी नदी आसपासका बस्तीमा जोखिम कायमै रहेकाले स्थानीय प्रशासनले अवस्थाको निरन्तर निगरानी गरिरहेको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?