काठमाडौं । त्रिशूली नदीमा पानीको बहाव बढेसँगै जलसतहसमेत उकालो लागेको छ । भोटेकोशी क्षेत्रमा आएको बाढीको प्रभावले त्रिशूलीमा जलसतह बढेपछि नदी आसपासका बस्तीमा जोखिम बढेको छ ।
जलसतह बढ्दै गएपछि त्रिशूली तथा नारायणी नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । नदी किनारमा नजान, सुरक्षित स्थानमा रहन तथा प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचना निरन्तर पछ्याउन आग्रह गरिएको छ ।
बाढीको जोखिम कायमै रहेकाले नदीको बहाव र जलसतहमा हुने परिवर्तनलाई सम्बन्धित निकायले निरन्तर निगरानी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?