काठमाडौं । प्राचीन सांस्कृतिक बाजागाजा र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्दै आएको पन्ती गुँला बाजा खल, धर्मधातु महाविहार पन्तीले यस वर्ष पनि आफ्नो सांस्कृतिक परिक्रमा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
लोपोन्मुख नौ प्रकारका बाजासहितको टोलीले विभिन्न बौद्ध विहार, चैत्य तथा धार्मिक तीर्थस्थलको परिक्रमा गर्दै मौलिक संस्कृति र परम्पराको संरक्षणमा योगदान दिइरहेको छ ।
बाजागाजाको प्रदर्शनसँगै नयाँ पुस्तालाई परम्परागत संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले स्थानीय कला, संगीत र धार्मिक संस्कृतिको महत्व उजागर गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?