काठमाडौं । रसुवाको धुन्चेलाई केन्द्र बनाएर बाढी प्रभावित विभिन्न क्षेत्रमा हवाईमार्फत राहत सामग्री पठाउन थालिएको छ ।
बाढी तथा पहिरोले सडकमार्ग अवरुद्ध र आवतजावत गर्न कठिन बनेपछि प्रभावित बस्तीमा हेलिकप्टरमार्फत खाद्यान्नसहित अत्यावश्यक राहत सामग्री पुर्याउने व्यवस्था मिलाइएको हो ।
धुन्चेमा संकलन गरिएको राहत सामग्री हेलिकप्टरबाट जिल्लाका दुर्गम तथा प्रभावित क्षेत्रमा पुर्याएर आवश्यकताअनुसार वितरण गरिँदैछ । स्थलमार्गबाट तत्काल पुग्न नसकिने क्षेत्रमा हवाई उद्धार तथा राहतलाई प्राथमिकता दिइएको छ ।
बाढीबाट प्रभावित नागरिकलाई आवश्यक खाद्यान्न, स्वास्थ्य सामग्री तथा अन्य अत्यावश्यक वस्तु उपलब्ध गराउन सम्बन्धित निकायले समन्वयमा राहत अभियान अघि बढाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?