काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० कृष्णभीरमा पृथ्वी राजमार्गको सडक भासिएको छ ।
सडकको केही भाग भासिएपछि उक्त खण्डमा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ । राजमार्ग बन्द हुँदा यात्रु तथा मालवाहक सवारीसाधनको आवतजावत प्रभावित भएको छ ।
सडक भासिएको स्थानमा तत्काल यातायात संचालन गर्न सम्बन्धित निकायले आवश्यक प्राविधिक काम अघि बढाउने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?