नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को फाइनलमा
काठमाडौं । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगेका छन् ।
चीनको सांघाईस्थित अक्टागनमा भएको खेलमा न्यूजिल्यान्डका फाइटर कासिब मर्डोकलाई सेमीफाइनल पराजित गर्दै फाइनलमा पुगेका हुन् ।
ढाँटले फाइनल पुगेसँगै फाइट निकै कठिन भएको बताएका छन् । उनले नेपाल दुःखमा रहेको भन्दै सबैले सकेसम्मको सहयोग गर्न आग्रह समेत गरेका छन् ।
ढाँटको मिक्स मार्सल आट्र्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा रहेको र ढाँटले फाइनल जिते प्रतिष्ठित एमएमए संस्था युएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर समेत पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?