काठमाडौं । भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट र धादिङमा प्रभावित दूरसञ्चार सेवा पुनःसंचालनको काम तीव्र पारिएको छ । नेपाल टेलिकमले बाढीबाट प्रभावित १२० साइटमध्ये ८० वटा संचालनमा आइसकेको जनाएको छ ।
अवरुद्ध मोबाइल सेवा छिटो संचालन गर्न हेलिकप्टरमार्फत प्राविधिक टोली, जेनेरेटर, इन्धन र आवश्यक उपकरण प्रभावित क्षेत्रमा पुर्याइएको छ ।
रसुवाको धुन्चे, गोल्जुङ तथा नुवाकोटको गेर्खुलगायतका टावर संचालनमा आएपछि आसपासका क्षेत्रमा मोबाइल सेवा पुनः उपलब्ध भएको टेलिकमले जनाएको छ ।
बाँकी साइट पनि यथाशीघ्र संचालनमा ल्याउन प्राविधिक टोली खटिएको छ । टेलिकमले संचालनमा आएका टावरको सेवा थप भरपर्दो बनाउन आवश्यक प्राविधिक कामसमेत गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?