वीर अस्पतालमा दुई जना घाइतेको उपचार हुँदै, ५ जना घर फर्किए
काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा घाइते भएर वीर अस्पताल ल्याइएका सात जनामध्ये पाँच जना उपचारपछि घर फर्किएका छन् ।
काठमाडौं प्रहरीले दिएको जानकारीअनुसार अहिले वीर अस्पतालमा दुई जना घाइतेको उपचार भइरहेको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
यस्तै, बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौं ल्याइएका थप १८ जना घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
घाइते तथा सम्पर्कविहीन नागरिकका आफन्तलाई आवश्यक जानकारी उपलब्ध गराउन प्रहरीले वीर अस्पताल र ट्रमा सेन्टरमा सहायता कक्ष संचालन गरेको छ । सहायता कक्षमार्फत घाइतेको अवस्था बुझ्ने र सम्पर्कविहीनको विवरण दर्ता गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?