काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि रोजगारी र व्यवसायका लागि रसुवा पुगेका झापाका १२ जना सम्पर्कविहीन भएका छन् ।
प्रहरीले सम्पर्कविहीनमध्ये १० जना झापाका तथा इलाम र सप्तरीका एक–एक जना रहेका छन् । उनीहरूमध्ये केही जलविद्युत् आयोजना र निर्माण क्षेत्रमा कार्यरत थिए ।
सम्पर्कविहीनमा बुद्धशान्तिका राजकुमार दियाली, उनकी श्रीमती श्रुती र चार वर्षीय छोरा श्रीराजसहित मेचीनगर, कनकाई, शिवसताक्षी, गौरीगञ्ज र दमकका बासिन्दा छन् । इलामका विनोद राई र सप्तरीका नवीन श्रेष्ठको पनि अवस्था अज्ञात छ ।
प्रहरीले बाढी प्रभावित क्षेत्रमा रहेका अन्य झापालीको समेत खोजी गरिरहेको जनाएको छ । जोखिममा रहेका व्यक्तिबारे कुनै जानकारी भए प्रहरी, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालयमा खबर गर्न आग्रह गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?