काठमाडौं । भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदीमा फेला परेका शव पहिचान गर्न आफन्तहरू चितवन पुगिरहेका छन् । भरतपुर–१० स्थित चितवन उद्योग संघको हलमा शवका तस्बिर राखेर आफन्तलाई पहिचान गराउने व्यवस्था गरिएको छ ।
चितवन औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको भवनलाई शव संरक्षण तथा पहिचान केन्द्र बनाइएको छ । फेला परेका शवलाई सुरक्षित राख्दै तस्बिर र विवरणसहित पहिचानको प्रक्रिया अघि बढाइएको हो ।
भोटेकोशी बाढीपछि चितवन क्षेत्रमा मात्रै १७८ शव फेला परिसकेका छन् । पहिचान भएका शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित परिवारलाई बुझाउने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?