काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा नयाँ सवारीसाधन अवलोकन गर्न सर्वसाधारणको आकर्षण बढेको छ । प्रदर्शनीमा विभिन्न ब्रान्डका कार, मोटरसाइकल, स्कुटर तथा अटो पाट्र्स राखिएका छन् ।
भदौ १४ गतेसम्म संचालन हुने अटो शोमा एउटै स्थानबाट विभिन्न कम्पनीका सवारीसाधनका मोडल, मूल्य, सुविधा र नयाँ प्रविधिबारे जानकारी लिन सकिने व्यवस्था छ ।
नयाँ सवारीसाधनबारे जानकारी लिन तथा खरिदको योजना बनाएका उपभोक्ताका लागि प्रदर्शनी उपयोगी बनेको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?