मन्त्रिपरिषद् बैठक जारी, बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा आवश्यक निर्णय गरिने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट भएको क्षति, उद्धार तथा राहतका विषयमा तत्काल आवश्यक निर्णय गर्न बैठक बोलाइएको हो ।
बैठकमा बाढी प्रभावितको उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउने, बेपत्ताको खोजी तीव्र पार्ने र क्षतिग्रस्त सडक, पुललगायत भौतिक पूर्वाधारको पुनर्निर्माण अघि बढाउने विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै, प्रभावित नागरिकको तत्कालीन आवश्यकता सम्बोधनसँगै पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणका लागि आवश्यक सरकारी कदमबारे समेत निर्णय हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?